प्रविधि

ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने

६ भाद्र २०८१, बिहीबार १५:०२
ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने

६ भदौ,काठमाडौँ। कुमारी बैंक र ई–सेवाबीच ई–सेवाका एजेन्टहरूलाई ई–सेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकसँगको सम्झौतामा ई–सेवाले आफ्ना ई–सेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिका लागि बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षणभरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्