प्रविधि

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’

६ भाद्र २०८१, बिहीबार १४:५५
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’

६ भदौ,काठमाडौँ। सरकारले टिकटकमाथिको प्रतिबन्ध आज (बिहीबार) देखि हटाउने तयारी गरेको छ ।

त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा खुसी व्यक्त गर्दै लेखेका छन्- ‘टुडे इज अ गुड डे’ ।राजदूतले यसबारे थप केही खुलाएका छैनन्- यसबारेको जवाफमा उनले लेखेका छन्- वेट एन्ड सी । खासमा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीसँगै राजदूतको यस्तो प्रतिक्रिया आएको धेरैको अनुमान छ ।

मन्त्रिपरिषद् बैठक आज (बिहीबार) अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ । विगत १० महिनादेखि बन्द भएको सामाजिक सञ्जाल एप टिकटिकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्