मनोरञ्जन

फेरी सर्‍यो बहुप्रतिक्षित फिल्म ‘प्रेमगित ३’ को रिलिज मिति

२० पुष २०७८, मंगलवार ०४:२०
फेरी सर्‍यो बहुप्रतिक्षित फिल्म ‘प्रेमगित ३’ को रिलिज मिति

काठमाडौं : नेपाली फिल्म हेर्ने जो-कोहीको मन मुटुमा बस्न सफल नायक हुन् – प्रदीप खड्का ।  उनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगित ३’ रिलिज मिति फेरी सरेको छ ।

यहि फागुन १३ गते प्रदर्शन हुने भनिएको चलचित्रको प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए । निर्देशक सेनले सामाजिक सञ्जलामार्फत जानकारी गराएका छन् । सेनले भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दा हलहरु बन्दा हुन थालेकोले प्रदर्शन रोकिएको बताएका छन् ।

कोरोना महामारीले नेपाली फिल्मलाई थला परेको छ । अझै पनि हालसम्म दर्शक आउँन डराउँछन् । कोरोनाको प्रत्यक्ष रुपमा फिल्म क्षेत्रमा ठुलो असर गरेको छ । तर भारतमा फेरी तीव्र रुपमा फैलिदै गएको कारण फिल्म हाल बन्द गर्न लागेको छ ।

दुई वर्षपछि हाल खोलेको छ । अझै चलायमान हुन् सकेको छैन । अहिलेसम्म हलमा धेरै चलचित्र प्रदर्शन भएको छन् । तर अहिलेसम्म कुनै पनि नेपाली फिल्मले हलसम्म दर्शक भने तान्न सकेन् ।

सन्तोषले भने, “यसैक्रममा भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत तथा विश्वभरी अलग–अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकाले त्यसलाई हामीले स्वीकार गरेका छौं ।”

फिल्ममा अभिनेता प्रदीप खड्का, क्रिस्टिना गुरुङ, , मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी  वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्