खेलकुद

साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

६ भाद्र २०८१, बिहीबार ०८:२७
साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

६ भदौ,काठमाडौँ। साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको थियो ।एक-एक खेलमा विजयी भएका यी दुई टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेल जित्दै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने यी दुई टोलीको लक्ष्य छ । उता समूह चरणमा दुवै खेलमा पराजित भएको श्रीलंका प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये प्रत्ये समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ए मा नेपाल, बंगलादेश र श्रीलंका छन् । उता समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्