प्रविधि

टिकटकमाथिको प्रतिबन्ध हट्ने निर्णय आजै हुन सक्ने!

६ भाद्र २०८१, बिहीबार ०८:२४
टिकटकमाथिको प्रतिबन्ध हट्ने निर्णय आजै हुन सक्ने!

६ भदौ,काठमाडौँ। नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्।

मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब भोलि बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा आज मन्त्री गुरुङले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब भोलिको क्याबिनेटले पारित गर्नेछ।’

नेपालमा टिकटक माथि प्रतिबन्ध अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले लगाएको थियो । सरकारले  २०८० कात्तिक २७ देखि नेपालमा टिकटक प्रयोगमा बन्देज लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्