समाचार

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ हुने

६ भाद्र २०८१, बिहीबार ०८:१६
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ हुने

६ भदौ,काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन्।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलगायतको कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ ।

‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्