खेलकुद

एमबाप्पेलाई पीएसजीबाट बक्यौता पारिश्रमिक उठाउन सास्ती

६ भाद्र २०८१, बिहीबार ०८:०७
एमबाप्पेलाई पीएसजीबाट बक्यौता पारिश्रमिक उठाउन सास्ती

६ भदौ, पेरिस । फ्रान्सका चर्चित स्ट्राइकर काइलिन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडमा छन्। २५ वर्षीय एमबाप्पे करिब सात वर्ष जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताएर यही वर्ष म्याड्रिड पुगेका हुन्।

एमबाप्पेले रियल म्याड्रिडमा आफ्नो पहिलो खेलबाटै प्रभाव छाडिसकेका छन्। यूईएफए सुपर कपको फाइनलमा रियलले इटालियन क्लब एटलान्टालाई पराजित गर्दा एमबाप्पेले एक गोल गरेका थिए।

एमबाप्पे जर्मनी छाडेर स्पेन आइसक्दा पनि पीएसजीसँगको विवाद भने झनझन उग्र बनिरहेको छ। उनले पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी रहेको बताउँदै क्लबले बेवास्ता गरिरहेको दाबी गरेका छन्। ‘मैले क्लब व्यवस्थापनलाई पटक पटक अवगत गराउँदै आएको छु। क्लब व्यवस्थापनले तुरुन्तै सम्बोधन गर्ने जनाए पनि अहिलेसम्म सुनुवाई भएको छैन’, एमबाप्पेले भनेका छन्।

एमबाप्पेले आफ्नो बक्यौता रकम उपलब्ध गराइदिन विभिन्न निकायमा पनि उजुरी दिएका थिए। ‘क्लब छाडे पनि मैले आफ्नो पारिश्रमिक पाउनु पर्छ। क्लबसँगको सम्झौता अनुसार नै मैले आफ्नो बक्यौता रकम माग गरेको हुँ’, एमबाप्पेले भनेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पीएसजीले एमबाप्पेलाई करिब ८० मिलियन युरो भुक्तानी गर्न बाँकी छ। उनले पछिल्लो पटक सन् २०२२ मा क्लबसँग सम्झौता गरेका थिए। उनले दुई वर्षका लागि करबाहेक ७२ मिलियन युरोमा सम्झौता गरेका थिए। यस बाहेक एक सय ५० मिलियन युरोको ‘स्टेटोस्फेरिक’ सम्झौता पनि गरिएको थियो। जुन रकम तीन किस्तामा भुक्तानी गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो वर्षमा ७० मिलियन र दोस्रो वर्षमा ८० मिलियन युरो लोयल्टी बोनस एमबाप्पेले पाउनु पर्ने थियो।

प्रतिक्रिया दिनुहोस्