पार्टीले कारबाही गरिसकेका सदस्यहरूको हस्ताक्षर मानेर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबीसहित खारेजीको माग गर्दै रिट निवेदनमा छ। नागरिक दैनिकबाट
२० पुस, काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनको पालो सोमबार पनि नआउँदा लम्बिँदै गएको छ।
ओलीले माधवकुमार नेपालको नयाँ दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्य बदरको माग गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा पर्दा लम्बिँदै गएको हो।
गोला प्रक्रियाबाट न्यायाधीशद्वय मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो। गत साता पनि हेर्न नभ्याइनेमा परेको मुद्दा एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)को नयाँ दल र पार्टीले कार्वाही गरेका प्रतिनिधिसभा सदस्य बदरको मागसहित भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
पार्टीले कारबाही गरिसकेका सदस्यहरूको हस्ताक्षर मानेर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबीसहित खारेजीको माग गर्दै रिट निवेदनमा छ। नागरिक दैनिकबाट