अर्थ / वाणिज्य

राष्ट्रिय वाणिज्य बैंक: चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

६ भाद्र २०८१, बिहीबार ०७:५५
राष्ट्रिय वाणिज्य बैंक: चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।

उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ । नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्