खेलकुद

महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो

५ भाद्र २०८१, बुधबार ०८:२९
महिला टी–२० विश्वकप बंगलादेशबाट यूएई सारियो

५ भदौ, काठमाडौँ । महिला टी-२० विश्वकप २०२४ बंगलादेशबाट युएई सरेको छ।

आइसीसीले असुरक्षाको कारण देखाएर प्रतियोगिता बंगलादेशबाट युएइ सारेको हो। युएईमा विश्वकप आयोजना हुने भए पनि आयोजनाको अधिकार भने बंगलादेशकै रहने छ।

त्यहाँ अहिले अन्तरिम सरकार गठन भएको छ। तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसीसीले यो निणर्य गरेको हो।

बंगलादेश सरकारले विश्वकप आयोजना बंगलादेशमै गर्ने प्रयास गरेको जनाएको छ। तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायतलगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ।

यसअघि आइसीसीले विश्वकप आयोजना बिसिसिआईलाई गर्न आग्रह गरे पनि भारतले अस्वीकार गरेको थियो। विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए।

यो विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशमा भएको सत्ता पलटका कारण यूएई सारिएको हो । यूएईले यसअघि सन् २०२१ को पुरुष टी२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्