राजनीति

ओली र मेरोबीचमा भएको सहमतिमा कुनै शङ्का नगर्दा हुन्छ : सभापति देउवा

५ भाद्र २०८१, बुधबार ०८:२३
ओली र मेरोबीचमा भएको सहमतिमा कुनै शङ्का नगर्दा हुन्छ : सभापति देउवा

५ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताएका छन्।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । “ओलीजी र मेरोबीचमा भएको सहमतिमा कुनै शङ्का/उपशङ्का नगर्दा पनि हुन्छ,” देउवाले भने ।

उनले संविधान संशोधन लोकतन्त्रक मूलभूत सिद्धान्तअनुरूप नै हुने जिकिर गरे । “उनले भने हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एकठाउँमा आउनुपर्छ,” उनले भने, “यो अरु पार्टीको खिलाप हुँदै होइन । यो सोचि/विचारी नै गरिएको सहमति हो ।”

प्रतिक्रिया दिनुहोस्