राजनीति

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

५ भाद्र २०८१, बुधबार ०८:१५
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

५ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ ।

साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।

शर्माको प्रस्ताव छलफलका लागि पेस हुने भएपछि उनी पक्षधर प्रदेश कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुले बैठकमा उक्त दस्तावेजको पक्षमा लिखित र मौखिक धारणा राख्ने एक नेताले जानकारी दिए।

 बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्