समाचार

राष्ट्रपति जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

४ भाद्र २०८१, मंगलवार १४:१२
राष्ट्रपति जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

४ भदौ, एजेन्सी। अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यम सीएनबीसीका अनुसार ट्रम्पले एलनलाई क्याबिनेटको कुनै पद अथवा सल्लाहकारको कुनै भूमिकामा सहभागी गराउने चाहना प्रकट गरेका हुन् ।

संचार माध्यम रोयटर्सलाई उध्रदृत सीएनबिसीले जनाए अनुसार ट्रम्पले भनेका छन् , ‘उनी (एलन) ले चाहेमा क्याबिनेटको कुनै पद वा सल्हाकारको भूमिका अफर गर्नेछु । तर ट्रम्पले ईभी सम्बन्धित कर नीतिमा भने केही परिवर्तन गर्न चाहेको पनि बताएका छन् । रिपोर्टका अनुसार केही नयाँ ईभीहरुमा दिइएको ७५०० अमेरिकी डलरको ट्याक्स क्रेडिटलाई भने रोक्ने ट्रम्पको मनसाय रहेको छ ।

यसो भएमा एलन मस्कको टेस्ला कारको विक्रीमा समेत असर पर्ने छ । ट्रम्प भन्छन् ‘ट्याक्स क्रेडिट र ट्याक्स इनीसीएटीभ फलदायी कुरा होइनन् ।’ गत जुलाईमा ट्रम्प माथि गोली प्रहार भएसँगै एलनले ट्रम्पको समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्