समाचार

अक्सफोर्ड युनिभर्सिटी कुलपतिका लागि जेलमा रहेका इमरान खानको आवेदन

४ भाद्र २०८१, मंगलवार १३:०७
अक्सफोर्ड युनिभर्सिटी कुलपतिका लागि जेलमा रहेका इमरान खानको आवेदन

४ भदौ, एजेन्सी। एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।

इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि आफूले आवेदन फारम बुझाएको बताए । अक्सफोर्ड विश्वविद्यालयले भने यसबारे केही बताएको छैन ।

विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ । भोटिङ अक्टोबर २८ मा अनलाइनमार्फत् हुनेछ । व्यक्तिगत फाइदाका लागि सरकारी उपहार बेचेकोलगायत आरोपमा उनी जेलमा छन् । इमरान खानले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्