खेलकुद

ब्रिज इन्टरनेसनलका ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने

४ भाद्र २०८१, मंगलवार ०९:२८
ब्रिज इन्टरनेसनलका ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने

४ भदौ,काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेट सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी र सन्दीपबीच सम्झौतामा हस्ताक्षर भएको हो । सन्दीप दुई वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीको एम्बेस्डर रहने छन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।

सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने जिकिर गरे ।

‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ सन्दीपले भने ।

यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सल्टेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्