समाचार

गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

४ भाद्र २०८१, मंगलवार ०९:२४
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

४ भदौ,सुर्खेत। सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको निधन भएको हो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट गत स्थानीय तह  निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्