खेलकुद

टोटनहम बराबरीमा रोकियो

४ भाद्र २०८१, मंगलवार ०८:०५
टोटनहम बराबरीमा रोकियो

४ भदौ,एजेन्सी। इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ सिजनको आफ्नो पहिलो खेलमा टोटनह्याम र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेल्दै समान १ अंक बटुल्न सफल भए ।खेलमा अग्रता भने पोरेरोको गोल मार्फत २९ औँ मिनेटमा टोटनह्याम्पले लिएको थियो ।

किङ पावर स्टेडियममा २९ मिनेटमा टोटनहमले सुरूवाती अग्रता लिएको थियो। जेम्म म्याडिसनको पासमा पेड्रो पोरोले गोल गरेपछि पहिलो हाफमा टोटनहम १-० गोलले अग्रता लिएको थियो।

दोस्रो हाफको ५७ औं मिनेटमा लेसेस्टर सिटीले बराबरी गोल फर्काएको थियो। अब्दुल फातावुको पासमा जेमी भार्डीले गोले गर्दै घरेलु टिमलाई हारबाट जोगाएका थिए।

प्रतिक्रिया दिनुहोस्