समाचार

यी प्रदेशमा केही स्थानमा आज भारी वर्षा

४ भाद्र २०८१, मंगलवार ०८:०१
यी प्रदेशमा केही स्थानमा आज भारी वर्षा

४ भदौ,काठमाडौं । मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा दिउँसो तथा रातिको समयमा भारी वर्षा हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सुझाएको छ ।

मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ । देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो  वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै बुधबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्