समाचार

अपाङ्गता-अभिभावक समाज नेपालकाे “तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन-२०८१” सम्पन्न !!

३ भाद्र २०८१, सोमबार २२:३३
अपाङ्गता-अभिभावक समाज नेपालकाे “तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन-२०८१” सम्पन्न !!

काठमाडौँ। अपाङ्गता सबैकाे साझा सवाल, बनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ अपाङ्गता-अभिभावक समाज नेपाल चन्द्रागिरि -१२, बलम्बुकाे “तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन” विरविनायक याेग साधन केन्द्र बलम्बुकाे हलमा भाद्र १ गते, शनिबारका दिन भब्यताका साथ सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रगिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले शुभकामना मन्तब्य दिने क्रममा अपाङ्गताभएका ब्यक्तिहरू र तिनका अभिभावकहरूका सवालहरूका बिषयमा नगरपालिका सधै सकारात्मक रहेकाे र सबै प्रकारकाे सहयाेगका लागि प्रतिबद्ध समेत रहेकाे जानकारि गराउनु भएकाे थियाे ।

नगरपालिका भित्र सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरू अध्ययन गर्ने “समावेशी अपाङ्गता विद्यालय” स्थापना गर्न संस्थाले पहल गराेस नगरपालिका सहयाेग गर्न तयार रहेकाे समेत बताउनु भएकाे थियोे । अपाङ्गता भएका ब्यक्तिहरूका लागि चन्द्रागिरि नगरपालिका सधै अभिभावककाे भुमिका निर्वाहा गर्न तयार रहेकाे समेत जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएमाे थियाे ।

शुभकामना मन्तब्य दिदै विशिष्ट अतिथि नगर उपप्रमुख बसन्ती श्रेष्ठले अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्ने कार्य संस्थाकाे उत्कृष्ट रहेकाे र संस्थाले छाेटाे समयमा नै थुप्रै काम गर्न सफल पनि भएकोले आगामि दिनकाे सफलताकाे शुभकामना दिदै आफ्नाे तर्फबाट पदमा रहे पनि नरहेपनि सधै सहयाेग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे । अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई विभिन्न प्रकारका सीप सिकाई स्वराेजगार बनाउने अभियान संचालन गर्न संस्थालाई अनुराेध गर्दै उक्त अभियानमा नगरपालिकाकाे पुर्ण साथ सहयाेग रहने प्रतिबद्धता समेत ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

शुभकामना मन्तब्य दिने क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १२ का अध्यक्ष न्हुच्छे बहादुर महर्जनले हामी जनप्रतिनिधि जनताका काम गर्नका लागि चुनिएकाले अपाङ्गता भएका ब्यक्तिहरू र तिनका अभिभावकका समस्या सामाधान गर्न सधै अगाडि बढ्ने र वडाका तर्फबाट आगामी दिनमा ल्याईने कार्यक्रम अझ अपाङ्गतामैत्री ल्याउने समेत प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएकाे थियो । कार्यक्रममा अभिभावक गाेमा लामिछाने, पुर्व शिक्षक गाेविन्द खनाल, एकता समाज बहुउद्देश्यीय सहकारी संस्था लि. का उपाध्यक्ष अपसरा पाैडेल, अभिभावक, निर्वाचन समिति सदस्य तथा शशत्र प्रहरीका डि.एस.पि. राधिका श्रेष्ठ सेनले आ-आफ्नो अनुभव साट्दै कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियोे ।

साधारणसभामा संस्थाका अध्यक्ष टेकबहादुर बमले संस्थाकाे आ.व.२०८०/२०८१ काे वार्षिक प्रगति प्रतिवेदन तथा भावि याेजना सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे भने संस्थाका काेषाध्यक्ष सुनिता ढुंगानाले आ.व. २०८० /२०८१ काे संस्थाकाे आयव्यय विवरण प्रस्तुत गर्नु भएकाे थियोे । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष बिनाेद सिग्देल ज्यूले गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्ति र सपाङग ब्यक्तिहरूकाे विवाहित ३ जाेडिलाई सम्मानित गरिएकाे थियाे । त्यसै गरि यसै बर्ष १०+२ काे परिक्षामा उतिर्ण १ जना अपाङ्गता भएका छात्रा लाई पनि सम्मान गरिएको थियाे ।

कार्यक्रममा सम्मान गर्ने क्रममा केन्द्रीय बहिरा मा.बि. नक्साल काठमाडौंबाट २०८० काे SEE परिक्षामा उतिर्ण भएका २६ जना वहिरा अपाङ्गता भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएकाे थियाे । साेहि कार्यक्रममा एकता समाज बहुउद्देश्यीय सहकारी संस्था लि. बलम्बुकाे आर्थिक सहयाेगमा १ जना अपाङ्गता भएका ब्यक्तिलाई कमाेड चियर समेत वितरण गरिएको थियोे । संस्थाकाे आगामी २ बर्षका लागि नयाँ कार्यसमिति पनि निर्विरोध निर्वाचित भएकाे छ ।

निर्विरोध निर्वाचित कार्यसमितिमा अध्यक्ष टेकबहादुर बम (अभिभावक), उपाध्यक्ष सुनिता ढुंगाना (शारीरिक अपाङ्गता), सचिव भावना कुमारी ढकाल (अभिभावक), काेषाध्यक्ष बिनाेद सिग्देल (अभिभावक), सदस्यहरू हिम बहादुर क्षेत्री (अभिभावक), भगवती रायमाझी (अभिभावक), बबुना पाखाली (अभिभावक), शजी भट्टराई (शारीरिक अपाङ्गता) र समिक्षा घिमिरे (सुस्त श्रवण/बहिरा) रहेका छन । सम्पुर्ण पदाधिकारीहरू लाई निर्वाचन समिति संयाेजक गणेश प्रसाद शर्मा न्याैपानेले सपथ खुवाई कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

विरविनायक याेग साधना केन्द्र बलम्बुकाे हलमा संचालन भएकाे साधारणसभाकाे सभाध्यक्षता संस्थाका अध्यक्ष टेकबहादुर बम, कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरी, विशिष्ट अतिथि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, वडा नं. १२ र १३ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सामाजिक शाखा प्रमुख, विभिन्न संघ संस्थाका प्रतिधिहरू, पुर्व शिक्षकहरू, स्वास्थ्यकर्मि, विद्यार्थीहरू, प्रहरी प्रशासन, पत्रकार, अपाङ्गता भएका ब्यक्ति तथा तिनका अभिभावक र संस्थाका सदस्यहरू गरि १७० जनाकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे संचालन संस्थाका कार्यसमिति सदस्य बबुना पाखालीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्