समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

३ भाद्र २०८१, सोमबार ०७:५६
मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

३ भदौ,भरतपुर। खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङ राइनस नगरपालिका-६ धमेलीकुवा स्थायी घर भई हाल रत्ननगर नगरपालिका-१५ खोलेसिमलमा बस्दै आएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ रहेका छन्।

खैरहनी-८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३-००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटना हुँदा भएको थियो।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्