समाचार

चर्चमाथि पहिरो खस्योः एक जनाको मृत्यु, एक घाइते

२ भाद्र २०८१, आईतवार १०:०६
चर्चमाथि पहिरो खस्योः एक जनाको मृत्यु, एक घाइते

२ भदौ, रोल्पा। अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा लिबाङमा एक महिलाको मृत्यु भएको छ।

पहिरोले लिबाङस्थित चर्च भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो।आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षकी धनजिता बुढा मगरको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएकी धनजित बुढामगरको मृत्यु भएको हो । पहिरोमा परी सुनछहरी गाउँपालिका – ३ मौलावन घर भई हाल सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्तीमगर घाइते भएकी छिन् । चर्चामा १० जना बस्दै आएका थिए । अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्