समाचार

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रीको निर्देशन

३२ श्रावण २०८१, शुक्रबार १०:२०
गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रीको निर्देशन

३२ साउन, काठमाडौं। गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन्। ट्राफिक प्रहरीको लापरबाहीका कारण स्कुटरमा सवार एक व्यक्तिको ज्यान गएको भन्दै स्थानीयले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग अघि सारेपछि गृह मन्त्री लेखकले यसमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तु कुँवरलाई निर्देशन दिएका हुन् ।

‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,’ प्रहरी महानिरीक्षकलाई निर्देशन दिँदै लेखकले भने ।

बिहीबार दिउँसो गठ्ठाघर चोक नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिएर लछार्दै लैजाँदा स्कुटर चालक ओखलढुंगा घर भएका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना गराएर ट्रक चालक फरार रहेकोमा उनलाई बिहीबार नै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्