समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

३१ श्रावण २०८१, बिहीबार ०९:०६
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

३१ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार सम्पन्न हुने भएको छ।

 बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ । बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यक्रम छ । पछिल्लो दिनमा माओवादी केन्द्रमा प्रचण्डको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका छन् ।  यद्यपि, प्रचण्डले भने यसका कारण आफू टेन्सनमा नरहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्