नेपाली चलचित्र

फिल्म ‘नरसिंहा अवतार’ मा सनिशा भट्टराई अनुबन्धित

३० श्रावण २०८१, बुधबार १३:४७
फिल्म ‘नरसिंहा अवतार’ मा सनिशा भट्टराई अनुबन्धित

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराई ‘नरसिंहा अवतार’मा अनुबन्धित भएकी छन् ।

दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सन तथा सोसल ड्रामामा सनिशालाई शीर्षमध्येको एक भूमिकामा देख्न पाइने भएको छ । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ मा सनिशा अनुबन्धित भएकी हुन्।

यो फिल्ममा उनलाई शीर्षमध्येको भूमिकामा लिइएको निर्देशक दिवाकर भट्टराईले बताए। फिल्ममा उनको भूमिका कस्तो हुने भन्नेबारे खुलाइएको छैन।  गत साता थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको थियो। क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ।

निर्देशक दिवाकरका अनुसार फिल्ममा राजेश हमाललाई नयाँ लुक्समा ल्याउने तयारी छ। यसको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।  ‘नरसिंहा अवतार’ सनिशाको भने दोस्रो फिचर फिल्म हुनेछ। उनले अभिनय गरेको पहिलो फिल्म ‘१२ गाउँ’ दसैंमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्