समाचार

एकीकृत समाजवादीले लगायो राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ?

१९ पुष २०७८, सोमबार ११:३५
एकीकृत समाजवादीले लगायो राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ?

१९ पुस, काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ।  सोमबार नै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि एमालेले जितेका ८ सिटमा भागबण्डा मिलाएको थियो।

भोलि हुने मनोनयन दर्ताका लागि पार्टीले केहीबेर अघि उम्मेदवारको टुंगो लगाएको हो । पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको थियो ।

एकीकृत समाजवादीले प्रदेश १ मा जयन्ती राई, बागमती प्रदेशमा गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशमा उदय बोहोर र सुदूरपश्चिम प्रदेशमा मदनकुमार शाहको उम्मेदवारी निश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस्