समाचार

हिमालय एअरलाइन्स्ले कुवेतमा सीधा उडान पुनः सुरु गर्ने

२८ श्रावण २०८१, सोमबार २२:१२
हिमालय एअरलाइन्स्ले कुवेतमा सीधा उडान पुनः सुरु गर्ने

२८ साउन, काठमाडौं। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौंबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो। यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बिचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो।

काठमाडौँ-कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ। एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका छ।

सुरुआतमा, एयरलाइन्सले काठमाडौँ-कुवेत-काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ।

काठमाडौँ-कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत-काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ।

प्रतिक्रिया दिनुहोस्