राजनीति

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

१९ पुष २०७८, सोमबार ११:२१
माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

१९ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।

सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए ।

पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्