समाचार

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

२५ श्रावण २०८१, शुक्रबार १३:००
माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

२५ साउन,काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ।

समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्