समाचार

हप्ताको अन्तिम दिन १५ सय रूपैयाँले बढ्याे सुनकाे भाउ

२५ श्रावण २०८१, शुक्रबार १२:५०
हप्ताको अन्तिम दिन १५ सय रूपैयाँले बढ्याे सुनकाे भाउ

२५ साउन,काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्