प्रविधि

आइएमई पे ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गर्न सफल

२४ श्रावण २०८१, बिहीबार १९:४७
आइएमई पे ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गर्न सफल

२४ साउन,काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पीसीआई डीएसएस-४.०”  प्रमाणीकरण प्राप्त गरेको छ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस-4.0 प्राप्त गर्ने संस्था बनेको छ । यससँगै आइएमई पे सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको ‘आईएमई पे’ ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्ड पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आईएमई पे ले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्