समाचार

कोशी प्रदेशमा भाेलि सार्वजनिक बिदा

२४ श्रावण २०८१, बिहीबार १८:१४
कोशी प्रदेशमा भाेलि सार्वजनिक बिदा

२४ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भोलि आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रवारका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्