समाचार

हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो

२३ श्रावण २०८१, बुधबार १९:२८
हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो

२३ साउन, काठमाडौं । नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका पाँचै जनाको शव काठमाडौं लगिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले पाइलट अरुण मल्ल र चारजना चिनियाँ पर्यटकको शव घटनास्थलबाट निकालेका हुन्। निकालेर सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए । एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनामा परेको थियो ।

बुधबार दिउँसो करिब २:२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त हेलिकप्टर काठमाडौंबाट १:५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो। त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा रहेका चार जना चिनियाँ नागरिक र एक जना नेपाली पाइलटको मृत्यु भएको हो। मृतक क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्