शिक्षा

राष्ट्रिय किताबखानाको वेबसाइट ह्याक

२३ श्रावण २०८१, बुधबार १३:४१
राष्ट्रिय किताबखानाको वेबसाइट ह्याक

२३ साउन, काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । काठमाडौं राष्ट्रिय किताबखाना (शिक्षक) को वेबसाइट ह्याक भएको छ ।

केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले  भने । कहिलेदेखि भएको हो भन्ने स्पष्ट नभएको प्रमुख सपौडेलले बताए ।

राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो ।

प्रतिक्रिया दिनुहोस्