समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

२० श्रावण २०८१, आईतवार ०६:४०
आज कुन विदेशी मुद्राको मूल्य कति ?

२० साउन, काठमाडौँ। आज साउन २० गते आइतबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ र बिक्री दर ३५.७९ रुपैयाँ हुँदा मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्