समाचार

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

१९ पुष २०७८, सोमबार ०४:०८
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

१९ पुस,काठमाडौं। रुकुम पश्चिममा एक युवकले मदिरा सेवन गरी श्रीमतीको हत्या गरेका छन्।

रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।

श्रीमान दैनिकजसो मदिरा सेवन गर्दा रहेछन्। त्यसदिन राति पनि मातेर आएका रहेछन्। श्रीमतीसँग निहुँ खोजेर आफैंले घाँटी थिचेर हत्या गरेका छन्,’ उनले भने,‘ आत्महत्या गरेको पुष्टि गराउन मृतकको सल प्रयोग गरेर झुण्डाएको अवस्थामा शव फेला पार्‍यौं।

हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर राखिएको छ। ‘हामीले मृतको पोस्टमार्टम गरिसकेका छौं। त्यसको सबै रिपोर्ट आएको छैन। त्यसपछि सबै अनुसन्धानमा खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्