राजनीति

नाउपा सरकारमा, कांग्रेसबाट २ राज्यमन्त्री थपिए

१८ श्रावण २०८१, शुक्रबार १४:०५
नाउपा सरकारमा, कांग्रेसबाट २ राज्यमन्त्री थपिए

१८ साउन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले शुक्रबार कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक गरी तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नाउपाबाट अरुणकुमार चौधरी राज्यमन्त्री बन्न लागेका हुन् । यस्तै, कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाइन भएको छ । स्रोतका अनुसार विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङलाई ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्