शिक्षा

यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

१८ श्रावण २०८१, शुक्रबार १२:५८
यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

१८ साउन, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको १२ कक्षाको परीक्षाफलको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड मा परेका छन् ।

उक्त समस्याले परीक्षार्थी र अभिभावकहरूले हैरानी खेपिरहेका छन्। परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ प्रतिशत ) उत्तीर्ण भएका छन्।गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा-१२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित छन्।

विद्यार्थीहरूले अहिले प्रकाशित भएको नतिजा आइभिआर, एसएमएस र युएसएसडी तथा  बेवसाइट मार्फत प्राप्त गर्न सक्ने छन्। परीक्षार्थीहरूले नेपाल टेलिकमको लेण्ड फोन, मोवाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार नतिजा थाहा पाउन सक्ने छन्।

यसरी हेर्न सकिन्छ नतिजा

#IVR का मार्फत्: नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#SMS मार्फत्: Mobile को Message box मा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

#Web मार्फत्: नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्