शिक्षा

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी फेल

१८ श्रावण २०८१, शुक्रबार १२:५५
कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी फेल

१८ साउन, काठमाडौँ। कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।  त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्