karnali

कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी चार मन्त्री

१८ श्रावण २०८१, शुक्रबार १२:५१
कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी चार मन्त्री

१८ साउन, काठमाडौँ। नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको हो। सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाको नाम टुंगो लागेको कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णाली सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएकाे थियाे। त्यसपछि कांग्रेसले चार जना मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्