अर्थ / वाणिज्य

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१८ श्रावण २०८१, शुक्रबार ११:१३
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१८ साउन, काठमाडौँ।  नेपाली बजारमा आज सुनकाे भाउ प्रतिताेला १ लाख ४९ हजार नाै सय रुपैयाँमा काराेबार भएकाे छ।

आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्