राजनीति

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

१८ श्रावण २०८१, शुक्रबार ११:०२
नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

१८ साउन,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हो ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएको हो ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्