समाचार

माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

१९ पुष २०७८, सोमबार ०२:४१
माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो ।

सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन  गर्न सक्ने उनको भनाइ छ।

पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् ।

प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित थियो ।

प्रतिक्रिया दिनुहोस्