समाचार

अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

१७ श्रावण २०८१, बिहीबार ०७:३६
अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, पोते, टीका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

१७ साउन,काठमाडौं । अब राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन्।

राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्ने, फोटो खिच्दा सिन्दूर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन । राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, पोते र टीका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै यसअघि आलोचना भएको थियो । तर अब जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा विद्यमान द्विविधा हटाइने पञ्जीकरण विभागले जनाएको छ ।

यस्ता छन् निर्देशन

  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ। फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन।
  • राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्रबाहेकको अन्य कागजातहरु राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छाँयाप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउने।
  • व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा सीआईएमएस÷नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाउने।
  • तहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरुले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने।

प्रतिक्रिया दिनुहोस्