खेलकुद

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

१७ श्रावण २०८१, बिहीबार ०७:२६
ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

१७ साउन,काठमाडौं ।क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा ब्राम्पटन वुल्भ्सविरुद्ध भ्यानकुभर नाइट्समा आबद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेका छन् ।

गएराति ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए। भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महंगा सावित भए।

नेपालका अर्का अलराउण्डर दीपेन्द्रले भने चार ओभर बलिङ गर्दा बिना विकेट मात्र १८ रन दिए। उनले कसिलो बलिङ गरेका हुन्। उक्त खेलमा दीपेन्द्रले चार ओभर बलिङ गर्दा सन्दीपले भने तीन ओभर मात्र बलिङ गर्न पाएका थिए।

दीपेन्द्रले फिल्डिङमार्फत अस्ट्रेलियन स्टार तथा ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार   ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँच/पाँच रन खर्चिए । दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ ।

उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए । आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए । भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्