राजनीति

एमाले सचिवालय बैठक बस्दै

१७ श्रावण २०८१, बिहीबार ०७:२१
एमाले सचिवालय बैठक बस्दै

१७ साउन,काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ ।  बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

एमाले सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो । सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्