नेपाली चलचित्र

‘रावायण’ मा पलको फर्स्ट लुक सार्वजनिक

१६ श्रावण २०८१, बुधबार १६:५८
‘रावायण’ मा पलको फर्स्ट लुक सार्वजनिक

काठमाडौं । भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा पल शाहलाई फिचर्ड गरिएको छ । शुक्रबार टिजर सार्वजनिक हुनुअघि निर्माताले क्यारेक्टर पोस्टर बाहिर ल्याएका हुन् ।

फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्री-जुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

यो फिल्मलाई सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको निर्मात्रीमा अभिनेत्री समेत रहेकी पूजा शर्मा छिन् । फिल्ममा सुसन पाठक कार्यकारी निर्माताको रुपमा छन् ।

शिवम् अधिकारीको कथा रहेको फिल्ममा प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, नीरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

प्रतिक्रिया दिनुहोस्