समाचार

साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते

१५ श्रावण २०८१, मंगलवार १०:५८
साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते

१५ साउन,एजेन्सी। पाकिस्तानको सुरु भएको साम्प्रदायिक हिंसामा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । कुर्रम जिल्लाका जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा मानवीय क्षति भएको हो ।

एक जमिनको स्वामित्वको विषयमा विवाद भएको थियो । बुशेरहराका दुई गाउँमा बस्दै आएका आदिवासीबीच जग्गाको स्वामित्वको विवाद हिंसात्मक बनेको हो । बीबीसीले अधिकारीरहरूलाई उद्धृत गर्दै लेखेको छ- ६ दिनअघि सुरु भएको यो विवाद कुर्रमका विभिन्न स्थानमा फैलिएको छ ।

३० एकड जग्गाको स्वामित्वको विषयमा भएको विवादले उग्ररुप लिदा अन्य डेढ सय बढी मानिस घाइते भएको काश्मिर अब्जरर्भर समाचार पोर्टलले जनाएको छ ।

बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीच मतभेद चुलिएको हो ।६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । विवादमा वार्ता जारी रहदा एकजनाले गोली चलाएपछि हिंसा मच्चिएको हो ।

सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि त्यहा लडाई जारी छ ।

प्रतिक्रिया दिनुहोस्