समाचार

आमा छोरा मिलेर धनुषामा एक व्यक्तिको हत्या

१५ श्रावण २०८१, मंगलवार १०:२७
आमा छोरा मिलेर धनुषामा एक व्यक्तिको हत्या

१५ साउन,काठमाडौं। धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिट गरी एक जनाको हत्या भएको छ । बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते भएका स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छिन् । सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्