समाचार

विवादित धार्मिक अभियन्ता खतिवडा पक्राउ

१४ श्रावण २०८१, सोमबार १५:४१
विवादित धार्मिक अभियन्ता खतिवडा पक्राउ

१४ साउन,काठमाडौं। नेताहरूको निधन होस् भन्दै कामना गरी धार्मिक अनुष्ठान गर्ने सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले बिहान आफूलाई प्रहरीले पक्राउ गरेको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए ।

उनले लेखेका थिए, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस् ।’ प्रहरीले यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको जनाएको छ ।  उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने बताउँदै आएका छन् ।  उनले सामाजिक सञ्जालमै नेताहरुको चर्को आलोचना गर्ने गर्छन् ।

चार दिनअगाडि मात्रै उनले नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्ने बताएका थिए । त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएलगत्तै उनले भिडियो सर्वाजनिक गर्दै नेताहरूको निधन हुनु पर्ने विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्