समाचार

सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि प्रधानले फिर्ता लिए नाम

१४ श्रावण २०८१, सोमबार १४:३३
सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि प्रधानले फिर्ता लिए नाम

१४ साउन,काठमाडौं। निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफू नियुक्ति प्रक्रियाबाट बाहिरिन चाहेको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन्।

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ ।

‘सम्बन्धित व्यक्तिले नाम फिर्ता लिन निवेदन दर्ता गराउनुभएको छ’ सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले रातोपाटीलाई जानकारी दिइन् । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्